सरला सुबेदी बाँके माघ २१ गते ।
बाँकेको राप्तिसोनारी गाउँपालिका अगैयामा सोमबार खानेपानी सरसफाई तथा स्वच्छता योजना निर्माण गर्न पालिका स्तरिय समिती गठन भएको छ ।
गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा १५ सदस्य समिती गठन गरिएको छ उक्त समितिमा गाउँपालिका उपाध्यक्ष धनीकुमारी खत्री लगायत वडा नम्बर १ देखि ९ सम्मका सबै वडाका वडा अध्यक्ष लगायत खानेपानी सरसफाई समितिका प्रतिनिधी,स्वास्थ क्षेत्रका प्रतिनिधी, सुरक्षा निकायका प्रतिनिधि रहेका छन् ।
भौतिक तथा पुर्वाधार बिकास मन्त्रालय ले प्रदेश नम्बर ५ भरिका सम्पुर्ण पालिका हरुमा “एक घर एक धाराको पहुच “भन्ने लक्ष्य का साथ प्रदेश भरी सम्पुर्ण घरधुरिको अवस्था संकलन,खानेपानी तथा सौचालय को अवस्था बारे जानकारी लिइ एकीकृत वास योजनाको लागि गरिएको आयोजना अन्तरगत आज राप्तिसोनारी गाउँपालिकाले पनि आफ्नो पालिकामा वास योजना बनाउन आज पालिका स्तरिय वास समिती गठन गरेको हो ।
Discussion about this post