खोजखबर संवाददाता
बाँके असार २८ गते । प्रदेश २ को सरकारले बाढी पहिरोमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई ३–३ लाख रकम राहत उपलब्ध गराउने भएको छ ।शनिबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले राहत र उद्धारलाई निरन्तरता दिँदै मृतकका परिवारलाई राहत रकम उपलब्ध गराउने निर्णय गरेको हो । यसका साथै राहत तथा उद्धारका लागि प्रत्येक जिल्लाका विपद् व्यवस्थापन समितिलाई तत्कालका लागि १०–१० लाख रकम उपलब्ध गराउने निर्णय समेत गरेको छ ।मन्त्रिपरिषद्को बैठकले राहत तथा उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्वयंसेवकहरुलाई धन्यवाद दिँदै राहत तथा उद्धारमा जुट्न प्रदेशभरिका युवाहरुलाई आह्वान समेत गरेको छ ।बाढी पहिरोका कारण सबै बाटोहरु अवरुद्ध भएको अवस्थामा राहत तथा उद्धारका लागि संघीय सरकारसँग समन्वय गरेर हेलिकोप्टर मगाउने पहल भैरहेको प्रदेश २ सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले जानकारी दिनुभयो ।
-नयाँ विश्व
Discussion about this post