बाँके खजुरा माघ २२ गते ।
बालबालिकाहरुलाई सु्रक्षित वातावारणमा हुर्किन पाउनु पर्ने एक कार्यक्रमका बालबालिकाले जोड दिएका छन् । प्लान ईन्टरनेशनल नेपालको सहयोग तथा खजुरा गाउँपालिकासँगको सहकार्यमा बाँके यूनेस्को क्लवले बालिका संरक्षण परियोजना अन्तर्गत खजुरा गाउँपालिका वडा न ४ मा सन्चालित स्टिक एण्ड स्टोन तालिममा बालबालिकाले यस्तो कुरा बताएका छन् ।
खजुरा गाउँपालिका वडा नं. ४ का स्पोन्सरसिप बालबालिकाहरु , बाल क्लबका बालिबालिका तथा अन्य सोही वडाका २५ बालबालिकाहरुलाई सहजीकरण गरिएको छ ।
सो तालिममा बालअधिकार भनेको के हो? बाल अधिकारका महासन्धिहरु के के छन् ? बालबालिका सम्बन्धि कानुनी ब्यवस्थाहरु के के छन् ? बालबालिकामाथि हुने दुरब्वहार र विद्यालय र समुदायमा हुने दुरब्वहारहरु बारे विषयमा बाँके युनेस्को क्लबका सुपरभाईजर मिना जोशीले सहजीकरण गर्नु भएको थियो ।
सो तालिममा सहभागी खजुरा गाउँपालिका वडा नं.४का किशोरी निलम पुन मगरले बालबालिका कसरी सुरक्षित हुने भन्ने बारे जानकारी पाएको बताईन् । त्यसैगरि अर्का सहभागी खजुरा गाउँपालिका वडा नं.४ का सुबास खत्रीले बालअधिकारको बारेमा जानकारी पाएको र यसलाई अरु साथीहरुलाई पनि सिकाउने प्रतिबद्धता जनाए ।
Discussion about this post