बैतडी माघ २५ गते । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा शनिबार बिहानै लगातार २ पटक भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्प मापन केन्द्र सुर्खेतका टेक्निकल असिष्टेन्ट चन्दा शाहकाअनुसार बिहान ५ बजेर १५ मिनेटमा र दोस्रो ६ बजेर ४६ मिनेटमा भूकम्प गएको थियो।
उनले बझाङ केन्द्रबिन्दु बनाएर ३.७ रेक्टर स्केल र दोस्रो पटक भारतको उत्तराखण्ड प्रदेशको चमौली आसपासमा केन्द्रबिन्दु बनाएर ५.३ रेक्टर स्केलको भूकम्प गएको जानकारी दिइन्।
बैतडी, दार्चुला, बझाङ, अछाम लगायतका जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। भूकम्पबाट कुनै पनि क्षति भएको छैन्।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post