एजेन्सी माघ २५ गते । चिनबाट फैलिएको कोरोना भाइरसका कारण एकै दिन ८६ व्यक्तिको मृत्यु भएको छ । संक्रमण सुरु भएपछि एकैदिन मृत्यु हुने यो सबैभन्दा ठूलो संख्या हो । शुक्रबार अबेर प्रकाशित तथ्यांक अनुसार रोगबाट ३४,४०० भन्दा बढी संक्रमित भइसकेका छन् । यी तथ्यांकले कोरोनाभाइरसको प्रकोप नियन्त्रण गर्न लागि परेका अधिकारीलाई केही निराश बनाएको छ । चीनमा अहिले भाइरसबाट प्रभावित शहरमा युद्धको जस्तो वातावरण देखिन्छ । सम्पूर्ण सवारी साधनहरु ठप्प छ, सडक सुनसान छ । चिकित्सकहरु घर घरमा गएर विरामीको ज्वारो नाप्न थालेका छन् ।
उता जापान र हङकङको बन्दरगाहमा रोकिराखेको दुई क्रुज जहाजमा कोरोना भाइरसबाट संक्रमित विमारी भेटिएपछि हजारौं यात्रु जहाजमै राकिएका छन् । एउटा जहाजमा संक्रमितको संख्या ६४ पुगिसकेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post