बझाङ माघ २५ गते । जिल्ला बझाङमा १६ वर्षीय विद्यार्थी मृत फेला परेका छन्। जिल्लाको बित्थड चिर गाउँपालिका–५ मा रहेको जंगलमा करन सिँह महरको शव फेला परेको हो ।
देवेश्वरी माध्यमीक विद्यालयमा कक्षा १० मा अध्यनरत उनी शुक्रबार साझ घरबाट हिडेको उनका बुवा शालिभान महरले बताउनुभयो । शनिबार विहान घरबाट झण्डै १ सय ५० मिटरको दुरीमा रहेको जंगलमा रुखमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख प्रहरी उपरिक्षक गणेश बम ले जानकारी दिनुभयो ।
शवलाई पोष्टमार्टमका लागी देउलेक प्राथमिक स्वास्थ्य केन्द्रमा पठाइएको प्रहरी उपरिक्षक बम ले बताउनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post