बैतडी माघ २७ गते । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा युवा संगठनका बैतडी इन्चार्ज लोकेन्द्र धामी पक्राउ परेका छन् ।
धामीलाई एक थान पेस्तोलसहित दोगडाकेदार गाउँपालिका ६ सित्तडबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेयले बताए ।
गस्तीमा रहेको प्रहरी टोलीले धामीलाई आइतबार दिउँसो तीन बजेतिर पक्राउ गरेको हो । धामीको साथबाट चन्दा असुल गरेको रसिद र अन्य पर्चा, पम्पलेटहरु पनि बरामद गरिएको उनले बताए ।
पक्राउ परेका धामीमाथि हातहतियार तथा खरखजना ऐन अन्तर्गत मुद्दा चलाइने प्रहरी नायब उपरीक्षक पाण्डेयले बताए । विप्लव नेतृत्वको नेकपाका गतिविधि नियन्त्रण गर्न प्रहरीले गस्ती तिब्र बनाउन थालेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post