डोटी माघ २६ गते ।
जंगली बँदेलको आक्रमणबाट एकजना महिला गम्भीर घाइते भएकी छन् । आक्रमणबाट जिल्लाको केआइसिंह गाउँपालिका-७ की तुल्छी भण्डारी गगम्भीर घाइते भएकी हुन् । घरबाट घरमुनी कुराउलो सामुदायिक बनको बाटो हुँदै शिखर नगरपालिका- १ कपल्लेकी आफन्तको घर जाँदै गरेको अवस्थामा आइतबार बँदेलले आक्रमण गरेको थियो ।
घाइते भण्डारीको राजपुर स्थित सुजंङ्ग अस्पतालमा उपचार भैरहेको छ । आक्रमणबाट घाइते भहिलाको अनुहार क्षतविक्षत भएको सुजङ्ग अस्पतालका डाक्टर मोहन पुजारीले बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post