सिरहा माघ २७ गते । सिरहा चोहर्वा सडक खण्डमा यात्रुबाहक बसको ठक्करबाट मोटरसाईकलमा सवार दुई जनाको मृत्यु भएको छ ।
सिरहाबाट धरान जादै गरेको ना ४ ख ९२४१ नम्बरको बसले नरहा गाउँपालिका ५ बलुवा चौक नजिकै सदरमुकाम सिरहातर्फ आउँदै गरेको लु १६ प ४४४१ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा दुई जनाको मृत्यु भएको हो ।
मोटरसाईकलमा सवार सिरहा नगरपालिका ३ का ४५ वर्षिय शैलेन्द्र मण्डल र २९ वर्षिय अमन मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
मोटरसाईकलमा सवार मण्डलद्वय जन्तीवाट घर फर्किदै गर्दा दुर्घटनामा परेको हो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post