बाँके माघ २८ गते । रुपान्तरणमा युवाको भुमिका बिषयक जिल्ला स्तरको बक्तृत्व कला प्रतियोगिता सोमवार नेपालगञ्जमा सम्पन्न भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाको आयोजना व्यवस्थापनमा तथा राष्ट्रिय युवा परिषदको सहयोगमा रुपान्तरणमा युवाको भुमिका बिषयक जिल्ला स्तरको बक्त्त्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
प्रतियोगितामा जिल्ला का १२ जनाले सहभागीता जनाएका थिए । नेपालगञ्ज उपमहानगरपालिका शिक्षा तथा खेलकदु शाखाका प्रमुख गोरख बहादुर थापाको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपालगञ्ज उपमहानगरपालिकाका उप प्रमुख उमा थापा मगर रहेकी थिईन।
बक्तृत्व कला प्रतियोगितामा प्रथम कृतिका आचार्य, दोश्रो अंकित श्रीवास्तव र तेश्रो रबिन्द्र वोहरा क्रमस नगद ७ हजार, ५ हजार, र २ हजार प्राप्त गरेका थिए ।
विजयताहरु लाई प्रमुख अतिथि थापाले नगद र प्रमाण पत्र वितरण गरेकी थिईन। जिल्लामा प्रथम हुने प्रतियोगीलाई फागुन १५ गते हुने कार्यक्रममा सहभागी हुन पठाईने छ । सो कार्यक्रम राष्ट्रिय युवा परिषद प्रदेश ५ का संयोजक शाहिल अन्सारीले संचालन गरेका थिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post