दाङ माघ २९ गते । तुल्सीपुर उपमहानगरपालिका-५ बसपार्कबाट दुर्लभ वन्यजन्तु पाटे बाघको छाला सहित ३ जना पक्राउ परेका छन ।
सल्यान बनगाड किपण्डे नगरपालिका-२ बस्ने ३७ वर्षीय यम बहादुर राना, सल्यान त्रिवेणी गाँउपालिका-१ बस्ने ३० वर्षीय सुरनित रामजा बुढा मगर र सल्यान शारदा नगरपालिका-१ बस्ने २६ वर्षीय रमित सुनार पक्राउ परेको प्रहरी ले जनाएको हो ।
दुर्लभ वन्यजन्तुको आखेटोपहार अवैध रुपमा ओसार-पसार तथा खरिद बिक्री गर्न लागेको विषेश सूचनाको आधारमा केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्ज काठमाडौंबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको छ । पक्राउ परेकालाई आवश्यक कानूनी कारवाहीको लागि डिभिजन वन कार्यालय घोराही दाङमा पठाइएको उक्त व्यूरोले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post