बाँके माघ २९ गते । नेपाल प्रेस युनियन बाँकेको ११ औं अधिवेशन आज सुनिश्चित भए पश्चात् अध्यक्षको पदमा तीन जनाको आकांक्षा देखिएको छ ।
नेपाल प्रेस युनियनको अधिवेशनबाट नयाँ समिति गठन गर्नको लागि अध्यक्षमा तीन जनाको अध्यक्ष पदमा आकांक्षा रहेको छ । तीन जना चेतकान्त भटराई , अर्जुन वली, र नवीन गिरि रहेका छन ।
उद्घाटन सत्र सके संगै नेतृत्वको लागि अध्यक्ष पदमा सुनिश्चिता नदेखिए पश्चात् चुनावी प्रक्रियामा जाने देखिएको छ । बन्धसत्रमा व्यापक छलफल पश्चात् निर्णय नआए निर्वाचन हुन सक्ने निश्चित भएको छ ।
बाँकेको जिल्ला समन्वय समिति भित्र भइरहेको अधिबेशनमा व्यापक चहलपहल बडेको छ । करिब २०५ जना सदस्य रहेको युनियनमा सबैको चासो बढेको छ ।
यस अघि जिल्ला समन्वय समिति बाँकेमा युनियनको उद्घाटनमा युनियन आवद्ध केन्द्रिय पत्रकारहरुको उपस्तिथि रहेको थियो ।
बाँकेको ११ अधिबेशन केन्द्रीय अध्यक्ष बद्री सिग्देलको प्रमुख अतिथिमा सुरुवात भए संगै नेपाली काङ्ग्रेसका सभापति एवं पुर्ब प्रधानमन्त्री स्व.सुशील कोइरालाको नाममा सुशील कोइराला राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पुर्व सभापति तारानाथ दाहाललाई प्रदाम गरिएको छ ।
यस्तै वरिष्ठ पत्रकार एवं स्वतन्त्रता सेनानी तथा नेपाल् प्रेस युनियन बाँकेका संस्थापक सभापति पन्नालाल गुप्तको नाममा चाचाजि राष्ट्रिय पत्रकारिता पुरस्कार वरिष्ठ पत्रकार एवं नेपाल पत्रकार महासंघका पुर्व केन्द्रिय सभापति धर्मेन्द्र झालाई ,जगन्नाथ गौ.पत्रकारिता पुरस्कार नेपाल युनियन केन्द्रिय सदस्य दिपा आलेलाई छ्नोट गरेको छ ।
Discussion about this post