खोजखबर संवाददाता
बाँके असार २९ गते । सरकारको नयाँ कर नीतिको विरोध गर्दै नेपालगञ्जका उद्योगी, व्यवसायीले सरकारलाई आज ज्ञापनपत्र बुझाएका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य संघको अगुवाईमा जिल्ला प्रशासन कार्यालय बाँके र आन्तरिक राजश्व कार्यालय मार्फत सरकारलाई ज्ञापनपत्र बुझाइएको हो ।
ज्ञापनपत्र बुझाउन बिरोध र्यालीसहित व्यापारीहरुको समूह आन्तरिक राजश्व कार्यालय र त्यसपछि जिल्ला प्रशासन कार्यालयमा पुगेको थियो ।
त्यस अवसरमा नेपाल उद्योग वाणिज्य संघका केन्द्रीय सदस्य कृष्ण प्रसाद श्रेष्ठले नयाँ कर प्रणाली अव्यवहारिक र अवैज्ञानिक भएकाले सच्याउनुपर्ने बताउनु भयो ।
अध्यक्ष बैश्यले माग पूरा नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिनु भयो ।
Discussion about this post