खोजखबर संवाददाता बाँके ५ गते । पैरवि सवालका लागि नेपालगन्जमा नागरिक समाज र संचार क्षेत्रको अन्तरक्रिया गरिएको छ ।
अन्तरक्रियामा पैरवि सवालका लागि नागरिक समाजको मुख्य योगदानका बारेमा सहभागीहरूले चर्चा गरेका थिए । सुचना र मानव अधिकार अनुसन्धान केन्द्रले अन्तरक्रियाको आयोजना गरेको थियो । अन्तरक्रियामा सुचना र मानव अधिकार अनुसन्धान केन्द्र अन्र्तरगतको पारस्परिक जवाफ देहिता परियोजनाका कार्यक्रम व्यवस्थापक रविन्द्र कुमार ज्ञवालीले कयौं शताब्दी देखि चलीआएको राजा शासन र विभिन्न समयमा भएमा आन्दोलन र गणतन्त्र स्थापनाका लागि नागरिक समाज र संचार क्षेत्रले खेलेको भुमिकाका विषयमा प्रस्तुतिकरण गर्नु भएको थियो । कार्यक्रममा नागरिक समाजका प्रतिनिधि, मानवअधिकारकर्मी, अधिवक्ता, सन्चारकर्मि लगाएतको उपस्थिति रहेको थियो ।
Discussion about this post