काठमाडौं फागुन ६ गते । व्यक्तिको घरमा बम राखेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नेपाली सेनाका अवकाश प्राप्त हवल्दार राजकुमार सार्की छन् ।
सार्कीलाई महानगरीय प्रहरी वृत्त, चापागाउँको टोलीले पक्राउ गरेको हो । सोमबार गोदावरीका शुकराम मिजारको घरमा ग्रिनेड बम राखेर सार्कीले पैसा मागेका थिए ।
तर, सेनाको बम डिस्पोजल टोलीले उक्त बम निष्कृय पारेको थियो । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको प्राविधिक सहयोगमा चापागाउँ प्रहरीले आरोपितलाई पक्राउ गर्न सफल भएको एसएसपी सहकुलबहादुर थापाले बताए ।
सार्कीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको उनले बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post