बाँके फागुन ६ गते । बाँकेको नेपालगञ्जमा असल शासन सूचना केन्द्र स्थापना गरिएको छ । बागेश्वरी असल शासन क्लब (बास)को सञ्चालन तथा ब्यवस्थापनमा उक्त सूचना केन्द्रको स्थापना भएको हो । मंगलबार राष्ट्रिय सूचना आयोगका पुर्व प्रमुख सूचना आयुक्त कृष्णहरी बास्कोटाले केन्द्रको उद्घाटन गरे । सो कार्यक्रमममा बोल्दै पुर्व आयुक्त बास्कोटाले सूचनामैत्री सरकार हुनुपर्ने बताए । उनले राज्यले सूचना प्रदान गर्नु देशको बिकास सहयोग ग्रहण गर्नु भएको हुँदा स्थानीय तहले सूचना प्रदान कार्यलाई नियमित बनाउनसक्नुपर्नेमा जोड दिए । साथै केन्द्र स्थापनाका लागि पुर्व आयुक्त बास्कोटाले केन्द्र संचालनका लागि नगद एक लाखसहित, एक थान ल्यापटप, आफैद्वारा लिखित महत्वपूर्ण पुस्तकहरु प्रदान गरेका छन । उक्त कार्यक्रममा जिल्लाका प्रमुखहरुको उपस्थिति रहेको थियो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post