बाँके फागुन ६ गते । संयुक्त बिद्यार्थी संगठनले महेन्द्र बहुमुखि क्याम्पस नेपालगञ्जका प्रमुखलाई ध्यानाकर्षण पत्र बुझाएको छ । बिद्यार्थी संगठनले शुरु गरेको आन्दोलनलाई वेवास्था गरिँदै आएकाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै क्याम्पसका प्रमुख गणेश रेग्मीलाई मंगलबार ज्ञापनपत्र बुझाएका हु्न । बिद्यार्थीको आन्दोलनलाई वेवास्ता गरी हालसम्म पनि निष्कर्ष निकाल्न सक्रिय नदेखिएकाले मंगलबार बिद्यार्थी संगठनले ध्यानाकर्षपत्र बुझाएको नेपाल बिद्यार्थी संघ महेन्द्र क्याम्पस इकाई कमिटिका अध्यक्ष चन्द्र प्रकाश देवकोटाले जानकारी दिनुभयो । बिद्यार्थी संगठनहरुले गत भाद्र ५ गतेदेखि क्याम्पसमा बिभिन्न तहका कर्मचारी र अस्थायी (आशिंक) प्रध्यापकहरुको अबैधानिक नियुक्त खारेज गर्नुपर्ने माग अघि सारेर आन्दोलन शुरु गरेका थिए । उनीहरुले सार्वजनिक संस्थामा बिना बिज्ञापन मनोमानी ढंगले गरिएको नियुक्ती प्रक्रिया अबैध रहेको हुँदा सो नियुक्ती खारेज गरी बैधानिक प्रक्रियाबाट नियुक्त गर्न बिद्यार्थी संगठनहरुको माग छ । अखिल क्रान्तिकारी इकाई कमिटीका उपाध्यक्ष ध्रुब जोशी, अनेरास्वबियूका सचिव प्रकाश बि.क र नेबिसंघ इकाई सभापति देवकोटाले संयुक्त रुपमा ज्ञापन पत्र बुझाएका हुन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post