एकेन्द्र चन्द डोटी फागुन ८ गते ।
डोटीको सायल र आदर्श गाउपालिकामा छुट्टाछुट्टै डोजरमा आगजनी भएको छ । सायल गाउपालिका १ छपालिमा बाटो सफा गर्दै गरेको गाउपालिकाको बा १ ज ३२६७ नम्बरको स्काभेटर र आदर्श गाउपालिका ३ को काडिस्याउलेमा बा १ क २१५९ नम्बरको डोजरमा बुधबार राती अज्ञात समुहले आगजनी गरेको जिल्ला प्रहरी कार्यलय डोटीका प्रहरी उपरीक्षक दिलिप सि देउबा ले जानकारी दिएका छ्न ।
गाउपालिकामा काटिएका साखा बाटाहरु सफा गर्ने क्रममा छ्पालिमा रहेको गाउपालिकाको स्काभेटरमा मध्य राती आगजनि गरिएको गाउपालिका का अध्यक्ष तेज ब डुम्रेलले बताउनु भएको छ ।
गाउपालिका तथा प्रहरीको टोलि घटनास्थल तर्फ गइरहेको जिल्ला प्रहरी कार्यलय डोटीले जानकारी दिएको छ । एकै समयमा दुई वटा ठाउमा आगजनी हुनुले प्रतिबन्धित बिप्लप नेतृत्वको नेकपाले गरेको हुनसक्ने अनुमान काटियको छ् प्रतिबन्धित नेकपा डोटीका इन्चार्ज तकराज ले भने डोजरमा आगजनी गर्ने कार्यमा आफ्नु पाटिको संग्लनता नरहेको बताएका छ्न ।
हामी प्रती आसंका गर्ने गरि अरु कसैले षड्यन्त्र गरेको हुन सक्ने आरोप लगाएका छ्न।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post