बाँके फागुन ८ गते । विपन्न तथा लोपोन्मुख जातिलाई लक्षित गर्दै खजुरा गाउँपालिकाका विभिन्न वडामा खानेपानी तथा सरसफाई सम्वन्धी सचेतना मुलक कार्यक्रम सञ्चालन गरिएको छ । खजुरा गाउँपालिकाको सहयोगमा राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालद्धारा हालै खजुरा गाउँपालिका वडा न वडा न ३ ४, ५, ६ र ७ मा सचतेनामुलक कार्यक्रम गरिएको हो । मुस्लिम, मधेशी र विपन्न समुदायका महिला, पुरुषको सहभागितालाई जोड दिदै शुद्ध खानेपानीको अवस्था र आवश्यक्ता तथा सरसफाईका विषयमा सहजीकरण गरिएको थियो ।
जनप्रतिनीधी, शिक्षा, स्वाथ्य र सरसफाई सरोकारवालासहितको सहभागिता रहेको अन्तरक्रियात्मक कार्यक्रमहरुमा स्थानीय जनताको एकता र सहकार्यले नै शुद्ध खानेपानी र सरसफाई हुने भन्दै यसलाई प्राथमिकता दिन जोड दिइएको थियो । राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालकी अध्यक्ष सत्यदेवी अधिकारीले कार्यक्रमको आवश्यक्ता र महत्वमाथि प्रकाश पार्दै विपन्न जनताकैबीच थप कार्यक्रम सञ्चालन गरिने पनि विश्वास दिलाउनु भयो । कार्यक्रममा सहभागी जनप्रतिनीधी लगायतले सरसफाईका लागि प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।
Discussion about this post