दोलखा फागुन ९ गते । दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका वडा नम्बर ९ मा बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ ।
शिवरात्री मनाउनका लागि डोरी टाँगेर सहयोग माग्दै आइरहेका स्थानीय बालक पुजन थामीको घटनास्थलमै मृत्यु भएको हो ।
अरनि यातायातको बा ४ ख ५८०९ नम्बर बसको पछाडितर्फको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्न्त्रणमा लिएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post