डडेल्धुरा फागुन १२ गते । गर्मी नलाग्दै डडेल्धुरामा डेंगुको लक्षण भएका एक विरामी फेला परेका छन्। जिल्लाको अमरगढी नगरपालिका– ६ दुमडाका एक बिरामीमा डेंगुको लक्षण पाइएको डडेल्धुरा अस्पतालले जानकारी दिएको छ।
डडेल्धुरा अस्पतालमा उपचार गराउन आउँदा चेकजाँचपछि उनमा डेंगुको लक्षण भेटिएको अस्पतालका ल्याब प्रमुख ईश्वरीप्रसाद भुसालले जानकारी दिए।
बिरामीको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको उनले बताए। केही वर्ष यतादेखि डडेल्धुराका उच्च लेकाली भेगमा पनि लामखुट्टे देखा पर्न थालेका छन्। गत वर्ष जिल्लामा १२ जनामा डेंगु रोग देखा परेको थियो।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post