काठमाडौं फागुन १२ गते । भूकम्प पीडितसँग घुस लिने सव इन्जिनियर पक्राउ परेका छन् । भूकम्पपछिको पुनःनिर्माणका क्रममा सेवाग्राहीसँग ४० हजार ५ सय रुपैयाँ घुस माग गरेको अभियोगमा सव इञ्जिनीयर नवलेशकुमार रौनियार पक्राउ गरेका हुन् । कास्कीको मादी गाउँपलिका–९ का सेवाग्राहीसँग जिल्ला आयोजना कार्यान्वयन एकाइ कास्कीबाट खटिएका सवइञ्जिनीयर रौनियारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार गरेको हो । रआयोजना कार्यान्वयन इकाइ कास्कीबाट प्राप्त भएको पत्रका आधारमा आयोगको पोखरा कार्यालयबाट खटिएको टोलीले रौनियारलाई पक्राउ गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिनुभयो । यस्तै हुलाक बचत बैंकको रकम हिनामिना गरेको अभियोगमा जिल्ला हुलाक कार्यालय बझाङका कार्यालय प्रमुख रणबहादुर कठायत र त्यही कार्यालयका खरिदार शिवाराज उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सार्वजनिक कोषको संरक्षण गर्नुपर्ने दायित्व विपरीत उनीहरुले २ करोड ९४ लाख ८९ हजार ९ सय ७१ रुपेयाँ बराबरको दुरुपयोग गरेको पाइएको आयोगले जनाएको छ । आयोगले उनीहरुविरुद्ध बिगो असुल गरी कैद सजायको समेत माग गरी मुद्दा दायर गरिएको प्रवक्ता कोइरालाले जानकारी दिनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post