बाँके फागुन १२ गते । नेपालगन्जमा रहेको मध्यपश्चिम बहुमुखी क्याम्पस नेपालगन्जले विद्यार्थीलाई स्वागत तथा बिदाइ कार्यक्रम गरेको छ ।
सोमबार क्याम्पस नेपालगन्जको आयोजनामा आज क्याम्पसको प्राङ्गण स्थित प्रथम वर्षको विद्यार्थीलाई स्वागत र चौथो वर्षमा अध्यनरत विद्यार्थीलाई बिदाई कार्यक्रम गरेको छ ।
स्वागत तथा बिदाई कार्यक्रमको प्रमुख अतिथी त्रिभुवन बिश्व बिद्यालय प्रोफेसर एवम् महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज निवर्तमान क्याम्पस प्रमुख मोहनजंग शाहले पानसमा दिपप्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्नुभएको हो ।
कार्यक्रममा प्रथम बर्षका विद्यार्थी आचलकुमारी गुप्ताले स्वागत मन्तव्य राख्नु भएको हो । वर्षको सबै भन्दा राम्रो विद्यार्थीको रुपमा आशिष पौडेलले पुरस्कर पाएका छन्
क्यापस प्रमुख भगत नेपालीका अनुसार कार्यक्रममा किताब प्रतियोगिता २०७६, टि. टि. प्रतियोगिता, लंगजम्प, भलिबल, फुटबल प्रतियोगितामा प्रथम, दोस्रो, तृतीय भएका विघार्थीलाई पुरस्कर वितरण गरिएको थियो ।
कार्यक्रममा पमुख अतिथी त्रिभुवन बिश्व बिद्यालय प्रोफेसर एवम् महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज निवर्तमान प्रमुख मोहनजंग शाह,, अतिथि श्रीधर अधिकारी, यसोदा शर्मा, शिक्षक, विद्यार्थी, पत्रकार लगायतको उपस्तिथि रहेको थियो ।
Discussion about this post