जयपति ढकाल
बाँके फागुन १३ गते । बाँकेको नेपालगञ्ज गोसाइँ गाउँमा अवस्थित सुष्मा मेमोरियल कलेजका सि.एम.ए अनमी संकायका विद्यार्थीहरुले मासु पसलहरुमा मंगलबार अवलोकन गरेका छन ।
शुद्ध मासु सेवनपछि मात्र स्वस्थ्य शरीर हुने भन्दै मासु काट्ने बधशालामा मासु काट्ने स्थान सुरक्षित गर्न विद्यार्थीहरुले अनुरोध गरेका छन ।
मासु सेवनको गलत प्रयोगबाट बिभिन्न रोगहरु लाग्ने हुदा सुरक्षित हुनु पर्ने जनाएका छन । अबलोकनको दौरानमा उनिहरुले मासु काट्ने अचानो ,काट्ने हतियार मासु राख्ने स्थानहरु सफा राख्नु पर्नेमा जोड दिएका छन ।
मासुमा शुद्धिकरण गरे मात्र हामी बिभिन्न रोगबाट बच्न सकिन्छ । मासुमा हुने बिभिन्न किटानु हरुको कारण हामीले मासु पोलेर खाने काचै खाने अनि झिङ्गा भन्कियको मासु नकिन्न र नबेच्न समेत अनुरोध गरेका छन ।
गर्मी बढे सके संगै बडफुलो जस्ता रोगहरु फैलिने भएकाले सबैलाई समयमै सचेत हुन समेत अनुरोध गरेका छन ।
सुष्मा मेमोरियल कलेजका सि.एम.ए अनमी संकायका ८० जना विद्यार्थीहरुले नेपालगञ्जका बिभिन्न मासु पसलहरुको अबलोकन गरेको कलेजकी शिक्षिका पार्वती बुढाथोकीले जानकारी दिएन ।
Discussion about this post