बुटवल फागुन १५ गते । रुपन्देहीमा सेवाग्राहीसँग घुस लिदै गर्दा दुई जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको सम्मरीमाई गाउँपालिका- ५ का अध्यक्ष श्रवणकुमार यादव र उच्च अदालत बुटवल इजलासका सरकारी वकिल कार्यालय सहयोगी महेन्द्र यादव रहेका छन् । वडा अध्यक्ष यादवले चार किल्ला सिफारिस वापत ७० हजार र सरकारी वकिल कार्यालयका सहयोगीले बन्दी प्रत्यक्षीकरणका नाममा १५ हजार घुस लिदै गर्दा पक्राउ परेको अख्तियारको बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।
घुस र कमसहित पक्राउ परेका दुवै जनाको अनुसन्धान भइरहेको भुसालले बताउनुभयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post