बाँके फागुन १५ गते । बाके क्षेत्र नम्बर १ का सँघिय सांसद महेश्वर गहतराज अथकले राप्तीसोनारि र नरैनापुरको बिधुतिकरणका लागि ठेकेदारले लापरवाही गरेको भन्दै ठेक्का बदर गर्न सदनमा माग गरेका छन ।
उनले बुधवार सदनको सुन्य समयमा बोल्दै उक्त माग गरेका छन । सुन्य समयमा बोल्दै सांसद अथकले २०६६ सालमै ग्रामिण बिधुतकरणमा ठेक्का पाएको श्रीम् उष्मा गौरी पार्बती जे भी ले ८६ लाख रुपैया मोबिलाइजेशन चार्ज भनेर लगि सकेको र हाल सम्म पनि काम नगरेको आरोप लगाएका छन ।
उनले साँसदमा सम्बन्धित सबै सरोकारवालाको ध्यान आकर्षित गराउदै ठेकेदारले १८ महिनामा काम सम्पन्न गर्ने भनि सम्झौता गरेको र बर्षौ बित्दा पनि काम गर्न नसकेकोले यथा सिघ्र ठेक्का बदर गर्नपर्ने माग जायज भएको सुनाए ।
३३ के भी प्रशारण लाइनको काम सम्पन्न भइसक्दा पनि बाकी काम नगरिदिदा योजना अलपत्र पारेको उनले सुनाए । सासँद अथकले राप्तीपारीको बिद्धुतीकरणका लागी कुनै बाधा अवरोध नभएपनि काम नगर्ने ठेकेदार लाइ बिद्युत प्राधिकरण ठेक्का रद्द गर्न नसकेकोमा दुख ब्यक्त गर्दै यथा सीघ्र ठेक्का रद्द गरि नयाँ प्रकिया बाट जान माग गरेका छन ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post