कपिलवस्तु फागुन १५ गते ।
कपिलवस्तुमा दुई छुट्टा छुट्टै स्थानबाट साढे १३ किलो चरेश सहीत चार महिला पक्राउ परेका छन । कृष्णनगरबाट साढे ७ किलो चरेश सहीत ३ महिला तथा शिवराज नगरपालिकााकोे– ५ चैनपुरबाट ६ किलो चरेश सहीत एक जना पक्राउ परेका हुन । बुधवार राति १ण् बजेतिर कृष्णनगर नगरपालिका– २ स्थित लिंक गेट हुदै भारत जानेक्रममा साढे सात किलो चरेश सहीत ३ महिला पत्रज्ञmाउ परेको ईलाका प्रहरी कार्यालयका प्रहर िनिरीक्षक प्रताप पौडेलले बताए । शंका लागेर चेकजाज गर्दा ती महिलाहरुबाट चरेश बरामद भएको थियो । पक्राउ पर्नेमा शिवराज नगरपालिका– बिजोरीकी योजना न्यौपाने, , सुसमा रोका मगर र लमही नगरपालिका– ८ शान्तिनगरकी मीना कुमारी घिर्ती मगर रहेका छन । यस्तै पक्राउ परेका ३ जनाको बयानका आधारमा शिबरानगरपालिका– ५ की स्थानीय कमला पुन पक्राउ परेकी थिईन । तौलिहवाबाट खटिएको बिशेष टोेलीले त्रिहीवार दिउसो प्लाष्टिकको झोला भित्र राखिएको अवस्थामा ६ किलो चरशे बरामद गरेको प्रहरी नायब उपरिक्षक सुनिल मल्लले बताए । पक्राउ परेका चारै जना उपर लागु औषध मुद्दामा अदालतबाट म्याद थप गरी अनुसंधान अघि बढाइैएको उनले बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post