खोजखबर संवाददाता
बाँके असार ३१ गते । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक वर्माले एक महिनाको तलाब नेपाल मानव धर्म सेवा समितिलाई प्रदान गर्ने घोषणा गरेका छन । मंगलबार गुरु पूर्णिमाको अवसरमा भएको कार्यक्रममा अध्यक्ष बर्माले तलब प्रदान गर्ने घोषणा गर्नुभएको हो ।
समितिले विपन्न तथा असहाय बालबालिकाहरुलाई शिक्षामा सहयोग गर्दै आएको छ । सामाजिक काममा समितिले गरेको योगदानको कदर गर्दै एक महिनाको तलब दिने निर्णय गरेको बर्माले बताउनुभयो । गुरुपूर्णिमाको अवसरमा समितिमा प्रसादग्रहण लगायतका कार्यक्रम समेत भएको छ । अघिल्लो महिना बर्माले कारकादौंको राधाकृष्ण मन्दिरलाई तलब सहयोग गर्नुभएको थियो ।
Discussion about this post