जयपति ढकाल बाँके फागुन १७ गते । बालविवाह नियन्त्रण न्यूनीकरण अन्तरक्रिया कार्यक्रम नेपालगञ्ज बाँकेमा सम्पन्न भएको छ ।
पछिल्लो समय विकृति विसंगति फैलिएको आवाज उठिरहेका बेला प्रहरीले समुदायबीच अन्तरक्रिया गरेको हो ।
१६ वर्षमै छोरीको विवाह गर्न पाउनु पर्ने मागसहित बाँकेमा कहिले जिल्ला प्रशासन कार्यालय , सरकारी कार्यालयमा, रोडमा चक्काजाम आन्दोलन गर्नु कानुनी उपहास भएको भन्दै प्रहरीले धर्मगुरु तथा अभिभावकसंग यसो नगर्न अनुरोध समेत गरेको छ ।
अन्तरक्रियामा प्रहरी तथा कानुन व्यवसायीले नेपालको संबिधानमा रहेको व्यवस्था, ऐन कानूनमा रहेको सजायबारे सहभागीहरलाई जानकारी दिएको छ । साथै सरोकारवाला व्यक्तिहरुले बाल विवाहबाट किशोरीमाथि आइपर्ने समस्या र चुनौतीका बिषयमा चर्चा गरेका छन ।
जिल्ला प्रहरी कार्यालय बाँके, सामुदायिक सेवा केन्द्र र सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्जको संयुक्त आयोजनामा भएको बालविवाह नियन्त्रण र न्युनिकरण बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै बाँकेका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले कानुनको आधारमा प्रहरी चल्नुपर्ने भएकोले अभिभावकले जानीजानी आफ्ना बालबालिको उमेर नपुग्दै विवाह नगर्न अनुरोध गरे कानुन माथी नरहेर कानुन बमोजिमको काम गर्न अनुरोध गरेका छन ।
बालविवाहका कारण समुदायमा धेरै समस्या र चुनौतीहरु निम्तिने बताउँदै उनले कानुन पालनामा सहयोग गर्न सबैसँग आग्रह गरे ।
सो कार्यक्रममा बोल्दै बागेश्वरी मन्दिरका मुल महन्त चन्द्रनाथ योगीले बालबालिकाको पहिलो अभिभावक परिवार हुने भएकोले आफ्ना बालबालिकाको भविष्य उज्जवल बनाउन अभिभावकले स्वयं सोच्नुपर्ने बताए ।
नेपालगञ्ज वडा नम्बर ७ का अध्यक्ष जुम्मन खाँ, वडा नम्बर १२ का अध्यक्ष बुद्धिसागर सुबेदी, वडा नम्बर १६ का अध्यक्ष हनिफ अन्सारी , मुस्लिम धर्मगुरु मौलाना जब्बार मन्जरी, किशोरी क्लब संजाल बाँकेकी अध्यक्ष मेनुका गिरी, अधिवक्ता बसन्त गौतम, बाल संरक्षण समिति मनिकापुरकी आशा सार्की, कोहलपुरका पण्डित ओमप्रकाश मिश्रा, सामुदायिक सेवा केन्द्रकी अध्यक्ष शशी स्वार नारायण माध्यमिक विद्यालयका अध्यक्ष शिव प्रसाद पाण्डे लगायतले बालबालिकाहरुको उमेर पुगेपछि मात्र विवाह गर्नुपर्नेमा जोड दिएका थिए ।
सहभागीहरुले कम्तीमा २२ वर्ष पुगेपछि मात्र छोराछोरीको विवाह गर्न सुझाव दिए । वक्ताहरुले उमेर नपुग्दै गरिने विवाहले किशोरीमा मानसिक, शारीरिक, सम्वेदनात्मक असर पार्ने र सबै शिक्षित चेताशिल हुन आग्रह गरेका थिए ।
त्यस्तै कार्यक्रममा सहभागी नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १६ का अध्यक्ष हनिफ अंसारिले छोरी सम्हालन ग्राहो हुन्छ १६ देखि १८ वर्षमा छोरीको विवाह गर्न पाउनु पर्ने मागसमेत राखेका थिए ।
हुर्कदै गरेकी छोरीलाई राख्न नसकिने भन्दै अभिभावक तथा अगुवाहरुले १६ देखि १८ वर्षमा विवाह गर्न पाउनु पर्ने नियमको ल्याउन माग गरे ।
नेपालको कानुनमा बालविवाह गर्ने र गराउनेलाई ३ वर्ष कैद तथा ३० हजार जरिवानाको व्यवस्था छ । बालविवाहमा फौजदारी मुद्दा लाग्ने भएकाले जसले पनि उजुरी गर्नसक्ने व्यवस्था रहेको छ । विश्वलाई सन २०३० सम्म बालविवाह मुक्त घोषणा गर्ने लक्ष्यअनुरुप नेपाल सरकारले सोही नीति अवलम्बन गरेको छ । प्रहरी नायब उपरीक्षक वीर बहादुर वलिले जानकारी दिए ।
Discussion about this post