बाँके फागुन १७ गते । नेपालगञ्ज उपमहानगरपालिकाको चिडिमार वस्तीमा आयोडिन नुनको प्रचारात्मक कार्यक्रम गरिएको छ ।
उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दको नेतृत्वमा शनिबार चिडिमा वस्तीमा जनचेतनामुलक कार्यक्रम गरिएको हो ।
फेब्रुअरी महिना आयोडिन महिनाको रुपमा मनाउने गरिएको छ । नेपालगञ्ज उपमहानगरपालिकाबाट सुरु भएको जनचेतनामुलक र्याली सुर्खेतरोड हुँदै चिडिमार वस्तीमा पुगेको थियो ।
भेरी नर्सिङ कलेज नेपालका विद्यार्थीहले आयोडिनको महत्वबारे बुझाउदै र्यालीमा नारा लगाएका थिए ।
उक्त कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख चन्दले शारिरिक र मानसिककमजोरीबाट जोगिन आयोडिनयुक्त नुनको प्रयोग गर्न सुझाव दिए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post