सरला सुवेदी बाँके फागुन फाल्गुन १८ गते । कोहलपुर नगरपालिका वडा नम्बर १२ मा रहेको ग्रीनपीस माबिले शनिबार २५ औं बार्षिक उत्सव तथा अभिभाबक दिवस एबं रजत जयन्ती समारोह सम्पन्न गरेको छ । ग्रीनपिस ले आज आफ्नो स्कुलले २५ वसन्त पार गरेको उपलक्ष्यमा प्रमुख अतिथिबाट स्मारकको आवरण र बिमोचन एकै साथ गरेको छ ।
सो कार्यक्रमका प्रमुख अतिथि प्रदेश नम्बर ५ भुमि ब्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले ग्रीनपिस माबिमा अध्ययन गरेका बिद्यार्थीहरु बिभिन्न क्षेत्रमा रहेर कार्य गरिरहेकोले पनि यस बिद्यालयको शैक्षिक गुणस्तर स्वतह जाच्न सकिने बताउनुभयो । मन्त्री पौडेलले यस बिद्यालयले अहिले अभिभाबक र बिद्यार्थीहरुलाई सन्तुस्टि दिन सकेको छ। एक अर्को प्रसंगमा मन्त्री पौडेले प्रदेश नम्बर ५ ले निति नियम बनाउने कार्यक्रमा अग्रता लिनुका साथै यस प्रदेशको बिकासको लागी सरकारी र निजि क्षेत्रलाई सुन्लुलित ढगेले अगाडी बढाउने सोचमा रहेको बताउदै यस प्रदेशको आर्थीक समृद्धिको लागी निजी क्षेत्रको महत्वपुण योग्दान रहेको बताउनुभयो।
प्रदेश ५ ले आबधिक योजना बनाउने देखि सबै भन्दा बढि कानुन बनाउने प्रदेशका रुपमा समेत रहेको मन्त्री पौडेलको भनाइ थियो । सबै जनप्रतिनीहरु अहिले जनताको कामलाई पहिलो प्रथमिकताका साथ अघि बढि रहेको बताउदै स्वास्थ ,शिक्षा रोजगारमुखि कार्यक्रमलाई निर्बाचित जनप्रतिनधीहरुले उच्च प्रथमिकतामा राखेको बताउनुभयो ।
प्रदेश ५ ले कृषिलाई पहिलो प्रथमिकतामा राखेर अगाडी बढेको बताउदै मन्त्री पौडेले यस बिद्यालयले पनि हरेको भान्सालाई आर्गानिक भान्सा बनाउनको लागी पहिलो पहल गर्नु पर्ने बताउदै बिद्यालयले कृषि क्षेत्रमा बिद्यार्थीहरुलाई ज्ञान दिन सके भबिष्यमा बेरोजगार बस्न नपर्ने मन्त्री पौडेलको भनाई रहेको थियो ।
मन्त्री पौडेलले भान्सा देखि करेसा बारी सम्मको अभियानमा बिद्यालयका बिद्याथीहरुलाई जोडन सकेमा कृषिमा प्रभाबकारीता बढने बताउनुभयो । प्रदेश सरकारले कृषि पढीरहेका बिद्यार्थीहरुलाई बिषेश कार्यक्रम ल्याएको बताउदै अब बिद्याथीहरुको पहिलो रोजाइ कृषि हुने छ भन्दै उहाँ ले प्रदेश न ५ ले गरेका कार्य बताउदै अहिले प्रदेश न ५ जेष्ठ नागरिक , कृषक , पर्यटन ब्यवसायिक ब्यवसायिक तालिम सन्चालन गर्ने महिला उद्यमी समुह सबै सगसगै अगाडी बढि रहेको सन्दर्भ बताउदै बालबालिकलाई बिद्यालयस्तरबाट नैतिकताको पाठ सिकाउनुका साथै उनीहरुलाई समय समयको माग अनुसार अगाडी बढाउनको लागी बिद्यायले पहल गर्नु पर्ने बताउनु भयो ।
कार्यक्रममा पुर्व बिद्यार्थी , पुर्व शिक्षक र स्थापनाकाल देखि शिक्षण गरिरहनु भएका शिक्षक कर्मचारिहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा कोहलपुर नगरपालिका सामाजिक बिकास समिती संयोजक नारायणि वली ,बाल ज्योती माबिका फाउन्डर लक्ष्मी सुबेदी ,ज्ञान ज्योती माबिका बिद्यालयब्यवस्थापन समितीका अध्यक्ष केशब लम्साल कोहलपुर नगर शिक्षा प्रमुख अन्नत कुमार पौडेल र विशेष अतिथिको रुपमा कोहलपुर क्षेत्रमा निजि स्कुलको धारणा जन्माउने नारायण सिग्देल , जिल्ला शिक्षा कार्यलयका इकाई प्रमुख रामशुरेस यादब लगायतको सहभागीता रहेको थियो ।रजत जयन्ती समारोह मा बालबिबाह गर्नु हुदैन भनेर कक्षा सातका विद्यार्थी हरुले नाटक मन्चन गरेका थिए भने समारोहमा थुप्रै सस्कृती झल्किने नृत्य समेत प्रस्तुत गरिएको थियो।
Discussion about this post