बाँके फागुन १८ गते ।
नेपाल पत्रकार महासंघ बाँके शाखाका सहसचिव, सत्यपाटी पब्लिकेसन प्रा.लि.का अध्यक्ष एंव सम्पादक काशिराम शर्मा राप्रपा निकट मिडिया नेपालमा बिधिवत रुपमा आज प्रवेश गरेका छन ।
राप्रपाका राष्ट्रिय अध्यक्ष कमल थापा, पार्टीका वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, मिडिया नेपालका अध्यक्ष गोपाल पौड्याल लगायत नेताहरुले संयुक्त रुपमा सदस्यता प्रदान गर्दै शर्मालाई स्वागत गरेका थिए।
लामो समय देखि पत्रकारीता क्षेत्रमा सक्रिया रहनु भएका शर्मा तत्काली प्रेस चौतारी नेपालको बिभिन्न जिम्मेवारीमा रही काम गरेका छन् । उनले पत्रकारीता निष्पक्ष रुपमा रहेर गर्नु पर्ने र कुनै स्वार्थ नराखी जनताको मतलाई कदर गर्ने जिम्मेवारी पत्रकारीता जगतको भएकोले आफूले तत्कालीन एमाले निकट प्रेस चौतारीबाट राजीनामा दिएको बताउदै मिडिया नेपाललाई नमूना बनाउने र व्यवसायीक पत्रकारहरुलाई जोडने अभियानमा लाग्ने बताएका छन ।
Discussion about this post