बाँके फागुन २० गते । माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले नेपालमा कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्नकालागि सहकारीको कार्यालयमा आउने सेयर सदस्य र कर्मचारीहरुलाई निःशुल्क माक्स बितरणको गर्ने जनाएको छ ।
संस्थाका अध्यक्ष रसीद अहमद कुरेसी नेपालगन्ज पनि संक्रमण हुन सक्ने शहरको रुपमा रहेको हुदा सचेतना र सर्तकताका लागि माक्स बितरण गर्न लागेको समेत बताए ।
यसरी सबै संघ संस्थाले सर्तकता आ–आफ्नो ठाँउबाट सजगता अपनाउको खण्डमा सबै सुरक्षित हुनेमा बिश्वस्तरहेको समेत बताए ।
यसरी संस्थामा सेवा लिन आउने र बचत संकलन गर्ने कर्मचारीहरुका लागि पनि अनिवार्य माक्सको प्रयोग गरिएको संस्थाका प्रबन्धक अम्बीका काफ्लेले बताई ।
Discussion about this post