बाँके फागुन २२ गते । सामाजिक सञ्जाल फेसबुक मार्फत कोरोना भाइरस (कोभिड-१९) सम्बन्धि गलत भ्रामक समाचार सम्प्रेषण गर्ने एक व्यक्तिलाई बाँके प्रहरीले पक्राउ छ । गोदावरी नगरपालिका वडा नम्बर ७, कैलाली घर भइ हाल नेपालगन्ज उपमहानगरपालिका बाँके गाउँ डेरा गरि बस्ने बर्ष २९ को चक्र खडायतलाई पक्राउ गरेको प्रहरी ले जनाएको छ ।
समाजिक सञ्जाल फेसबुक मार्फत कोरोना भाइरस सम्बन्धि गलत भ्रामक समाचार सम्प्रेषण गरेको आरोपमा बिहिवार नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँके ले जनाएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post