काठमाडा फागुन २३ गते । दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् । उनीलाई चिकित्सकहरुले मात्र भेट्ने गरेका छन् ।
परिवारका सदस्य, मन्त्रीहरु कसैलाई पनि भेट्न दिइएको छैन । शुक्रबार भने प्रधानमन्त्री ओलीले राजनीतिक सल्लाहकार विष्णु रिमालसँग टेलिफोनमा कुराकानी गरेका छन् ।
प्रधानमन्त्रीले ‘साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु’ भन्ने सन्देश दिएको रिमालले जानकारी दिए ।
प्रधानमन्त्री ओलीको बुधबार मृर्गौला प्रत्यारोपण गरिएको थियो । उनको स्वास्थ्यमा अपेक्षाकृत सुधार भइरहेको चिकित्सकहरुले बताएका छन।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post