बाँके फागुन २३ गते । नेपालगञ्ज उप–महानगरपालिकामा यसवर्ष हात्तीपाईले रोग विरुद्धको आम औषधी सेवन गर्नेहरु बढेर ५२ प्रतिशत पुगेको छ ।
गतवर्षमा ३९ प्रतिशतले औषधी सेवन गरेकोमा यसवर्ष औषधी सेवन गर्नेहरुको सङ्ख्या बढेको स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिनुभयो । आम नगरबासीलाई औषधी सेवनका लागि प्रमुख डा. धवलशम्शेर राणा र उपप्रमुख उमा थापा मगरले सबैभन्दा पहिले औषधी सेवन गरि अभियानको सुरुवात गर्नुभएको थियो । उपप्रमुख थापाको नेतृत्वमा नगरका विभिन्न वडामा अनूगमन सञ्चालन भएको थियो । उपप्रमुख थापाको नेतृत्वमा विगतमा सवैभन्दा कम औषधी सेवन गर्ने वडामा घरदैलो अभियान समेत सञ्चालन भएको थियो । जसका कारण यसवर्ष औषधी सेवन गर्नेहरुको संख्या बढेको हो ।
नेपालगञ्ज उप–महानगरपालिकाको वडा नम्बर १८ मा सबैभन्दा बढि ८४ प्रतिशतले औषधी सेवन गरेका छन् । यसैगरी वडा नम्बर २१ मा ८३ प्रतिशत १० मा ७० प्रतिशत, १३ मा ६७ प्रतिशतले औषधी सेवन गरेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post