बाँके फागुन २३ गते । उद्योगी व्यवसायीहरुको सहजताका लागि नेपालगन्ज उद्योग वाणिज्य संघले शुक्रवार हेल्प डेक्स स्थापना गरेको छ । उद्योगी व्यवसायीहरुलाई सहजताको लागि वाणिज्य कार्यालय नेपालगन्जमा हेल्प डेक्स स्थापना गरिएको हो ।
लामो समयदेखी नेपालगन्ज उद्योग वाणिज्य संघले उठाउँदै आएको नवीकरण हुन नसकेका प्राईभेट फर्महरुको नवीकरण शुक्रवारबाट हुने भएको छ ।
उद्योगी, व्यवसायीहरुको सहजताका लागि संघले वाणिज्य कार्यालय नेपालगन्जमा हेल्प डेक्सको व्यवस्था गरि सेवा प्रवाह गर्न लागेको संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले जानकारी गराउनुभयो । हामीले व्यवसायी विच गरेको प्रतिवद्धता सवै पुरा गरेर देखाउने उहाँले जानकारी गराउनुभयो ।
उद्घाटन सत्रमा बोल्दै संघका अध्यक्ष मन्सुरीले व्यवसायीहरुको जायज मागका लागि हरसम्भव तयार रहेको जानकारी गराउनुभयो । कार्यक्रममा व्यवसायी पत्रकार लगायतको सहभागिता रहेको कार्यक्रमको संचालन संघका महासचिव चिरञ्जीवि ओलीले गर्नुभएको थियो ।
Discussion about this post