बाँके फागुन २३ गते । नेपाल कम्युनिष्ट पार्टी नेकपा बाँकेका जिल्ला सदस्य खिल प्रसाद भुषालले आफ्नो ५१ औँ जन्म दिनको अवसरमा त्रिभुवन नमुना माध्यमिक विद्यालय कोहलपुरका विद्यार्थी लाई फलफुल,स्कुल ब्याग वितरण गर्नुका साथै शुक्रबार साँझको खाना खुवाएका छन् ।
कोहलपुरमा लामो समय देखि समाज सेवा गरिरहेका भुषालले दृष्टिविहिन सँग जन्म दिन मनाउन पाउँदा खुशी लागेको बताए ।
त्रिभुवन नमुना मावि कोहलपुरका प्रधानाध्यापक देवका वस्नेत थापाले दृष्टिविहिन सँग जन्मदिन मनाउन पुगेका नेता भुषालले नयाँ ढंगले जन्मदिन मनाएको भन्दै बेसाहराको दुखका साथी बन्न र निमुखा,गरिब र दुखीको पक्षमा समाजका सचेत तप्का र वर्ग लाग्नुपर्ने मा जोड दिईन् ।
कार्यक्रम त्रिभुवन नमुना माविका विभिन्न कक्षामा अध्ययनरत दस जना दृष्टिविहिन बालबालिका,नेकपाका नेता अब्दुल हुसेन खाँ,कोहलपुर नगरकार्यपालिका सदस्य डिल बहादुर परियार,सुर्य रोकाय,राष्ट्रिय युवा संघ नेपालका नेता खेमराज शर्मा,कुश्माखर बस्याल, लगाएतको उपस्थिती रहेको थियो ।
Discussion about this post