खड्क सुनार मुगु फागुन २३ गते ।
कर्णालीका जिल्ला लगायत मुगुमा कोरोना भाइरस भित्रन नदिन सीमावर्ती नाकामा कडाई गरिएको छ । जिल्ला प्रशासन कार्यालय मुगुले मुगुमा भित्रिने मुख्य नाकामा स्वास्थ्यकर्मी खटाएर जाँच गर्न थालेको हो । कोरोनाबाट जोगिन ती नाकामा हेल्थ डेस्कसमेत स्थापना गर्न थालिएको छ । कोरोनाबाट अति प्रभावित छिमेकी देश चीनसँग सीमा जोडिएको हुम्ला बाट आवतजावत गर्ने व्यक्ति जिल्लाका ३ वटा नाकामा जाँचमा कडा गरेको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ ।
चीनसँग सिमाना जोडिएको हुम्ला जोड्ने चंखेली सडक खण्डको बाम , ताल्चा विमानस्थल , र पिना गरी ३ ठाउमा जाँच हुनेछ । भोली बाट यि स्थानहरुमा हेल्प डेस्कको स्थापना गर्ने प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले बताउनु भयो । उहाका अनुसार अहिले कर्णालीमा खासै यसको प्रभाव त छैन त्यसमा पनि नागरिकहरु लाई सचेत रहुन भनि हेल्प डेस्क स्थापना गरिएको निरौलाले बताउनु भएको छ । साथै बाजुराबाट भित्रिने खत्याड गाउँपालीकाको झुगालामा हेल्प डेक्सको व्यवस्था गरिने छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post