जयपति ढकाल बाँके फागुन २३ गते । प्रगतिशील लेखक संघ नेपाल स्रष्टा श्री सरस्वती ज्ञवालीद्वारा रचित कृति ‘लाल्लटिनको उज्यालो” समिक्षात्मक अन्तरक्रिया कार्यक्रम बाँकेको नेपालगंजमा सम्पन्न भएको छ ।
प्रगतिशील संघ बाँके शाखाको आयोजनामा सन्चालित लाल्टिनको उज्यालो कृतिको समिक्षा कार्यक्रममा लाल्टिन को उज्यालो कृति को बिषयमा समिक्षा गरिएको थियो ।
समिक्षात्मक कार्यक्रममा पाँच जना स्रष्टाहरु महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका लेक्चर लेख प्याकुरेल , बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुरका प्राध्यापक पुष्कर रिजाल, पाल्पाका सागर गैरे , महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका सहायक क्याम्पस प्रमुख तथा साहित्यकार हरि प्रसाद तिमिल्सिना लगायतका समालोचकहरुले समिक्षात्मक टिप्पणी गरेका थिए लेखक ज्ञवालीले आफनो जीवनका भोगाइहरुलाई समेटेर लेखिएको कृतिमा गुल्मी , अर्घाखाँची , पाल्पा, नवलपरासी आदि ठाउँहरुको बसाईमा भोगेका सुख दुःख, राजनीति अवस्था आदि बिषयको चर्चा पुस्तकका गरिएको छ ।
बुबा देराज अर्याल र आमा नुर कुमारी अर्यालको कोखबाट २०२० सालमा जन्म लिनु भएकी सरस्वती अर्याल(ज्ञवाली ) वर्तमान परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीको धर्मपत्नी हुन् उहाँले लेखेको लाल्लटिनको उज्यालो कृतिमा उहाँको घर परिवारको समेत चर्चा गरिएको छ ।
समीक्षात्मक कार्यक्रममा नेकपा बाँकेका सचिब अशोक कोईराला , प्रगतिशील लेखन सङ्घका सचिव शशिराम कार्की ,महिला साहित्यकार सुमित्रा न्यौपाने, मन्जु कोइराला र बसन्ती अधिकारी लगायतले कृतिको प्रशंसा गरेका थिए ।
कार्यक्रममा नेकपा बाँकेका जिल्ला सचीव अशोक कोइराला ,सुर्य ढकाल मदन भण्डारी फाउन्डेसन प्रदेश नम्बर ५ का अध्यक्ष सतन रेग्मी ,हरिप्रसाद तिमिल्सिना पुर्व सभा सदस्य स्वामिकानन्द चौने ,अब्दुल खलिक औक,भोजराज शर्मा, महानन्द ढकाल ,इन्द बहादुर भण्डारी ,श्यामनन्द सिंह,नेकपा प्रदेश कमिटी सदस्य तथा खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपती र लेख प्रसाद प्याकुरेल लगायतको उपस्थिति रहेको थियो ।
Discussion about this post