बाँके फागुन २३ गते । नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय ले कोरोना भाईरस (कोभिड _१९) पछि केही सन्चार माध्यम र सामाजिक सन्जालमा २०७६ सालको माध्यमिक शिक्षा परिक्षा (एसइइ) स्थगित भएको र विद्यालय बन्द गर्ने भन्ने खाल्का गलत समाचारहरु प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
मन्त्रालयले कोरोना भाईरसको कारण ले उत्पन वर्तमान अबस्थाको बिस्लेषण गरेर कक्षा १ देखी ९ कक्षा सम्मको बार्षिक परिक्षा चैत्र ५ गतेभित्र सम्पन गर्न र एसइइको परिक्षा चैत्र ६ गतेदेखी सन्चालन गर्न यस अघिनै सबैलाई सुचना जारी गरी सकेको छ ।
यो भन्दा अगाडि विद्यालय बन्द गर्ने र परिक्षा स्थगन गरेको भन्ने गलत समाचारको पछाडी नलाग्न मन्त्रालय ले प्रेस बिज्ञप्ती मार्फत सबैलाई अनुरोध गरेको छ ।
मन्त्रालयले स्थितिको नियमित समिक्षा र बिश्लेषण गरिरहेको र आबस्यक औचित्यका आधारमा थप निर्णय भएमा बिभिन्न निकाय सञ्चारमाध्यम तथा बिभिन्न वेबसाईटहरु मार्फत सार्वजनिक समेत गर्ने मन्त्रालयका सह सचिब तथा प्रबक्ता दिपक शर्मा ले जानकारी दिए ।

Discussion about this post