एकेन्द्र चन्द
डोटी फागुन २४ गते । बिहीबार रातिदेखिको मौसममा आएको परिवर्तनका कारण सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटी सदरमुकाम सिलगढीका डाँडा काडामा शुक्रवार रातिदेखि बाक्लो हिमपात भएको छ ।
डोटीसहित यहाँका अन्य पहाडी जिल्ला बझाङ, बाजुरा, अछाम तथा डडेलधुराका उच्च लेकाली क्षेत्रमा हिमपात भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलको प्रहरी सञ्चार शाखाले जनाएको छ । हिमपातका कारण सुदूरका पहाडी तथा हिमाली क्षेत्रको जनजीवन प्रभावित बनेको छ । डोटीमा परेको यो सातौँ पटकको भएको हो ।
सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा मात्रै कम्तीमा दुई फुट हिमपात भएको छ भने । डोटीको खप्तडस्थित झिग्राना, पानीखाल, शिखर, गोवडालेक, बडीकेदारथान, नापानी, मुस्ताल लगायतका क्षेत्रमा हिमपात भई चिसो बढेकाले गाईबस्तु चराउन समस्या भएको स्थानीयले जनाएका छन् । यद्धपी खेतबारीमा पर्याप्त पानी परेको भन्दै किसान भने हर्षित भएका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post