बाँके कोहलपुर फागुन २६ गते ।
बाँकेको कोहलपुर नगरपालिकाले सोमबार नगर भित्रका औषसी पसल, फार्मेसीहरुको अनुगमन तिव्र पारेको छ । कोहलपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक विर बहादुर बिकेको संयोजकत्वमा सोमबार कोहलपुर नगरपालिका भित्रका २० वटा औषधी पसल, फार्मेसी र किराना पसलहरुको अनुगमन तिव्र पारिएको हो ।
कोहलपुर–११ मा रहेको खप्तड फार्मेसी, आस्था मेडिकल हल, साथी मेडिकल हल, वासुरा मेडिकल हल, नागरिक फार्मेसी, राप्ती फार्मेसी, खनाल फार्मेसी, कलसी फार्मेसी, कर्णाली फार्मा, मनकाना फार्मेसी, ऊँ फार्मेसी, शारदा मेडिकल हल, नारायण मेडिकल हल, दंगाली फार्मेसी, थ्रिस्टार मोवाईल सेण्टर, पाथीभरा मेडिकल कल, रचना मेडिकल हल, चेतना मेडिकल हल, केसी फार्मेसी, सजिलो औषधी पसल, लगायतका औषधी पसल र फार्मेसीहरुको अनुगमन गरिएको छ ।
कोहलपुर नगरपालिका बजार अनुगम समितिका संयोजक बिर बहादुर बिकेका अनुसार अधिकांश औषधी पसल र फार्मेसीहरु नगरपालिकामा दर्ता नभएको र नगरपालिकामा व्यवसायी दर्ताका लागि ७ दिनको म्याद दिईएको छ । साथै फार्मेसीहरुमा फार्मेसी सम्बन्धि अध्ययन नगरेका व्यक्तिहरुद्धारा औषधी विक्रि वितरण गरिरहेको पाईएको छ भने अधिकांश पसलहरुमा मास्कको अभाव देखिएको उनले बताएका छन् ।
यतिखेर विशेष गरी कोरोना भाईरसका कारण मास्कममा कालोबजारी देखिएको अवस्थामा कोहलपुर नगरपालिकाले बजार अनुगमन गरेको बजार अनुगम समितिका सदस्य ईन्द्रमणी ढकालले जानकारी दिएका छन् ।
साथै अनुगमनका क्रममा कतिपय किराना पसलहरुले खुल्ला रुपमा प्रति लिटर १ सय २०देखि १ सय ५० रुपैयाँ सम्म पेट्रोल बेचिरहेको पाईएकाले तत्काल पेट्रोलको खुल्ला रुपमा विक्रि वितरण कार्य रोक्न दिर्नेशन दिईएको ढकालले जानकारी दिएका छन् ।
कोहलपुर नगरपालिका बजार अनुगमन समितिका संयोजक विर बहादुर बिकेको संयोजकत्वमा नगर स्वास्थ्य शाखा, ईलाका प्रहरी कार्यालय, ईलाका प्रशासन कार्यालय र पत्रकारहरुको संयुक्त टोलिले अनुगमन गरेको हो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post