जावेद अन्सारी बाँके फागुन २७ गते । धेरैले अनुमान लगाएका थिए यसपालीको होली सुनसान हुन्छ । विश्व व्यापी आतंक मच्चाइरहेको कोरोना भाइरसका कारण नेपालमा पनि त्यसको जोखिम औल्याइएको छ ।
सरकार, स्थानीय प्रशासन, प्रहरी, पत्रकार महासंघलगायतका संघसंस्थाहरुले होली नखेल्न सुझाएका कारण यसपाली होलीको उल्लाहास नहुने आंकल धेरैको थियो । तर बर्षमा एक पटक आउने पर्वलाई कहाँ त्यसै खेर जान दिन्थे र नेपालगन्जबासीले ।
कोरोनाको जोखिमलाई व्यवास्ता गर्दै उल्लासका साथ होली मनाएका छन् । दुई दिनसम्म होली मनाइने नेपालगन्जमा पहिलो दिन सुनसान जस्तै भएपनि आज दोस्रो तथा अन्तिम दिन भने उल्लासमय भयो । रंग, लोला र पिचकारीले बालबालिका, युवायुवतिदेखि जेष्ठ नागरिकहरुलाई समेत आकर्षित गर्यो ।
हेरौं फोटो फिचर
Discussion about this post