खोजखबर संवाददाता
बाँके साउन २ गते ।
गैर सरकारी संस्था महासंघ बाँकेका अध्यक्ष नमस्कार शाहको अध्यक्षतामा सम्पन्ने पहिलो बैठकलेले स्थानिय तह र गैर सरकारी संस्थाहरुको बिच पारस्पारिक सम्बन्ध कायम गर्ने निर्णाय गरिएको छ ।
महासंघका कार्यालयमा बसेको बैठकले महासंघ नेपालको बिधान अनुसार दलित महिला संघ बाँकी अध्यक्ष निर्मला सुुनारलाई कार्यसमितिको सदस्य पदमा मनोनित गरिएको छ ।
बाँके जिल्लामा गैससहरु सँगको समुधुर सम्बन्ध बनाउने, समुदायमा आधारित संस्थाहरुको संस्थागत विकासका लागि सहयोग गर्ने र गैससहरुको आर्थिक पारदर्शिता तथा सुशासनको लागि प्रतिबद्ध भएर जाने निर्णाय गरेको छ । बाँके शाखाको संस्थागत विकास र सक्रियताको लागि सचिव आशिष बर्माको संयोजकत्वमा सबित्री गिरी र शंकर प्रसाद शर्मा सहितको ३ सदस्यी कार्ययोजना तयारी उप–समिती र कार्यालय व्यवस्थापनको लागि उपाध्यक्ष चन्द्र प्रसाद तिमिल्सिनाको संयोजकत्वमा दिपा थापा, सूर्य लाल यादव सहितको ३ सदस्यी कार्यालय व्यवस्थापन उप–समिती गठन गरिएको छ ।
बैठकले गैसस महासंघ नेपाल केन्द्रिय परिपत्रअनुसार बाढी पिडित क्षेत्रहरुमा राहत तथा उद्धारको लागि गैससहरुले सक्रिय भुमिका निर्वाह गर्नु पर्ने र आचार संहितालाई सबै गैससहरुमा कार्यान्वयनका गर्ने र संस्थाहरुमा राख्ने निर्णाय गरिएको छ ।
Discussion about this post