एकेन्द्र चन्द डोटी फागुन २८ गते । जिर्ण तथा पुरानो घरमा बसेर सेवा दिईरहेको बडीकेदार गाउँपालिका ५ लानाकेदारेवर ले आफ्नै भवनको निर्माण थालेको छ । बडिकेदार गाउँपालिका वडा न ५ का वडा अध्यक्ष बुद्धि सागर बिनाडीले बुुधबार सिलान्यास गर्दै निर्माण कार्य थालिएको हो । वडा कार्यलयको केन्द्र बडीकेदार गाउँपालिका–५ रन्तोलामा भवन निर्माण हुन लागेको हो ।
भवनको सिलान्यास गर्दै अध्यक्ष बिनाडिले वडापालिकाले आफ्नै भवन निर्माण आवश्यकीय पूर्वाधार रहेको बताए । ‘अहिलेसम्म हामीले साँघुरो तथा जिर्ण घरबाट सेवा दिँदा निकै कठिनाई भोगिरेहेको बताए । उनले यथासक्य चाँडो भवन निर्माण सक्न ठेकेदारलाई निर्देशन समेत दिए सैचालय,गेट, कम्पाउट, मञ्च, प्रतीक्षालय, प्रखाल र जनश्रमदान सहित एक करोड १३ लाखको को स्टमेट रहेको छ भने भवनमात्र ४९ लाखमा ठेक्का सम्झौता भयको छ दुई तले छ कोठा सहित एउटा हल सहित भवन निर्माण हुन लागेको वडा अध्यक्ष बिनाडिले जानकारी दिए ।
भवन निर्माणअषाढ मसान्तसम्म सक्ने लक्ष्य रहेको छ भने बाकी संरचना निर्माण भने आर्थिक बर्ष ०७७/०८८ मा सम्पन्न गरिने अध्यक्ष बिनाडिले बताए ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post