तुलसीपुर फागुन २८ गते । विवाहको पहिलो दिन नै दुलाहा जेलमा भन्दा सबैलाई आश्चर्य लाग्छ सक्छ । तर दाङ्गमा दुलही लिनका लागि वाजागाजाका साथमा गएका घोराही उपमहानगरपालिका वडा नम्वर १३ का एक व्यक्ति विहेकै दिन प्रहरी खोरमा परेका छन् । घोराही उपमहानगरपालिका वडा नम्वर १४ को ढोडेनीमा दुलही लिनका लागि बाजागाजाका साथमा गएका ३० वर्षिय कृष्णबहादुर केसीलाई बालिकासँग विवाह गर्न लागेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
बालविवाह हुन लागेको भन्ने खवरका आधारमा आएको प्रहरीले उनलाई मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङ्गका प्रवक्ता सुमित खड्काले जानकारी दिए । १८ वर्षिय बालिकालाई विवाह गर्न लागेको भन्दै उनलाई पक्राउ गरिएको थियो । दुलाहाका साथमा घोराही उपमहानगरपालिका १४ ढोरेनी निवासी दुलहीका वुवा ४६ बर्षका बसन्त भण्डारीलाई पनि पक्राउ गरेको जनाइएको छ । पक्राउ परेका दुलाहा र दुलहीका वावु विरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा १७३ वमोजिम बाल विवाह गर्न नहुने कसुरमा मुद्दा चलाएको पनि प्रवक्ता खड्काले जानकारी दिए । दुलहीलाई भने आमाको जिम्मा लगाइएको छ । नेपालको मुलुकी संहितामा २० बर्ष नपुगी विवाह गर्न नपाईने कानुनी व्यवस्था छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post