बाँके फागुन २८ गते ।
नेपालगञ्ज उपमहानगरपालिकामा बिहिवारदेखि सुरु हुने कक्षा ८ को आधारभुत तहको परीक्षाको सम्पूर्ण तयारी पुरा भएको छ । परीक्षामा ७५ वटा विद्यालयका दुई हजार ७८० परीक्षार्थी सहभागी हुने नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख उपसचिव गोर्खबहादुर थापाले जानकारी दिएका छन् । बिश्वभर कोरोना (कोभिड–१९ ) को समस्या देखिएपछि नेपालगञ्जमा मात्र नभैइ देशभरिनै पुर्व निर्धारित तालिका भन्दा एकसाता छिटो गरि परीक्षा सञ्चालन हुन लागेको हो । परीक्षालाई शान्तिपूर्ण र मर्यादित ढंगबाट सञ्चालन गर्न सम्पूर्ण तयारी पुरा गरिएको उपमहानगरपालिकाले जनाएको छ । यसपटक नेपालगञ्जमा आधारभुत परीक्षा सञ्चालन हुने विद्यालयमा दुई मदरसा, २६ सामुदायिक विद्यालय र अन्य संस्थागत विद्यालय रहेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post