जाजरकोट फागुन २८ गते ।
बुधबार कुशे गाउँपालिकाको सातौं गाउँसभा तथा विधायक सभाको उद्घाटन सुरु भएको छ । गाउँपालिकाको सभाहल थर्पुभार्मामा बुधबार सातौं गाउँसभा तथा विधायक सभाको उद्घाटन भएको हो ।
सातौ गाउँसभा तथा विधायक सभा उद्घाटन समारोहमा बुद्धीजीवि प्रतिनीधि दिनेशकुमार सिंह, नेपाल उद्योग विकास महासंघ प्रतिनीधि उवीलाल घर्ती, जिल्ला समन्वय समिति सदस्य सरस्वती बिष्ट शाह, उपाध्यक्ष रामछाया शाही र वडा नम्बर १ देखि ९ सम्मका सबै वडा अध्यक्षहरुले गाउँसभा सफलताको शुभकामना मन्तव्य राखेका थिए ।
सातौं गाउँसभा तथा विधायक सभाको दोस्रो दिनको बैठकले शिक्षा ऐन–२०७५ लाई संशोधन गर्ने गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले जानकारी दिएका छन् । बेरुजु फर्चौट कार्यविधि–२०७६, व्यवसाय दर्ता कार्यविधि–२०७६, बालबालिका सम्बन्धि बाल श्रम तथा बाल बिबाह न्युनिकरण सम्बधिका कार्यविधी–२०७६ लाई दफावार छलफल गरेर पास गरिने अध्यक्ष बस्नेतले बताए । गाउँपालिकाका बिद्यमान अन्य ऐन, कानुन तथा कार्यविधीहरु आबश्यकताका आधारमा संशोधन तथा परिमार्जन गरिने अध्यक्ष बस्नेतको भनाई रहेको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post