जयपती ढकाल बाँके फागुन २९ गते ।स्वास्थ्य कार्यलय बाँकेले दुई दिने जिल्ला स्तरीय अर्धबार्षिक समिक्षा गोष्ठी सुरु गरेको छ ।
फागुन २९ र ३० गते संचालन हुने समिक्षा गोष्ठी नेपालगन्ज स्थित सुनाखरी रेष्टुरेन्टमा संचालन गरेको हो ।
२०७६/७७को अर्ध बार्षिक कार्यक्रम हरुको लेखा जोखा र भाबी योजना बनाउने उदेश्य ले यो समिक्षा गोष्ठी संचालन स्वास्थ कार्यलय बांकेको आयोजना र USAID स्वास्थको लागि सक्षम प्रणाली कार्यक्रम आर्थिक तथा प्राबिधिक सहयोग तथा बांकेका स्थानीय सरकार ८वटै गाउपालिका, नगरपालिका ,उपमहानगरपालिकाको माताहातमा रहेका स्वास्थ्य संस्थाहरुबाट भएका कार्यहरूको समिक्षा र बांकी ६ महिनाको कार्ययोजना बनाइने छ ।
कुन क्षेत्रमा क्रमिक स्वास्थ सुधार कसरी भएको छ ।कति जनसंख्याले स्वास्थ सेवा पाइरहेका छन,कति स्वास्थ क्षेत्र बाट दिएको योजना हरुको प्रगति भएको छ । भन्ने ध्यायका साथ यो कार्यक्रम आयोजना गरियको हो ।
यो कार्यक्रमको अध्यक्षता धिरजंग शाहले गर्नु भएको थियो ।
उक्त कार्यक्रमको संयुक्त जानकारी स्वास्थ्य कार्यलय बांकेको सुपरभाइजर दुर्गा गौतमले जानकारी दिनु भयो ।
Discussion about this post